दफा १२
उजूरी सम्बन्धमा

(१) कुनै पत्रकारले आफ्नोे व्यावसायिक आचार संहिता उल्लंघन गरेमा कुनै पनि व्यक्तिले काउन्सिलमा उजूरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कुनै उजूरी परेमा काउन्सिलले आवश्यक जाँचबुझ गरी देहाय बमोजिम गर्न गराउन सक्नेछः–
(क) मर्का पर्ने पक्षको भनाई सम्बन्धित पत्रपत्रिकामा प्रकाशित गर्न लगाउने,
(ख) मर्का पर्ने पक्षसंग क्षमा याचना गर्न लगाई निजको कुरा सम्बन्धित पत्रपत्रिकामा प्रकाशित गर्न लगाउने,
(ग) मर्का पर्ने पक्षको कुनै टिप्पणी, लेख वा प्रकाशन सामग्री सम्बन्धित पत्रपत्रिकामा प्रकाशित गर्न लगाउने, र
(घ) पटक पटक व्यावसायिक आचार संहिता उल्लंघन गर्ने पत्रकारलाई निजले नेपाल सरकारबाट पाउने सहुलियत वा सुविधा तोकिएको अवधि भरको लागि आंशिक वा पुरै रोक लगाउन नेपाल सरकारमा सिफारीश गर्ने ।
(३) उपदफा (२) बमोजिमको काउन्सिलको निर्णय पालन नगर्ने पत्रकार उपर काउन्सिलले खेद प्रकट गरी सो कुरा सार्वजनिक रूपमा प्रकाशित गर्न लगाउन सक्नेछ ।
(४) उपदफा (२) वा (३) बमोजिम निर्णय गर्नु अघि काउन्सिलले सम्बन्धित पत्रकारलाई आफ्नोे स्पष्टीकरण पेश गर्न मौका दिनेछ ।